मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्।
सीमा अतिक्रमणको बिषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनि लगायत उनका पार्टी अन्य नेता/कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। हनुमानथानस्थित निषेधित क्षेत्र तोडेर सिंहदरबारतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको थियो।
सिंहदरबार प्रवेश गर्न लाग्दा प्रहरीले रोक्ने क्रममा प्रहरीले गजुरेलसहित सुर्य श्रेष्ठ दीपक शाही, वशन्त बाेगटी, फुर्नाम्गेल माेक्तान तामाङ, खगेन्द्र छन्त्याललगायत १५ जनालाई पक्राउ गरेको छ। झडपमा प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङ घाइते भएका छन्
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय