हिमाल दैनिक
नेपाली कांग्रेसका असन्तुष्ट पक्षले गलाउने र थकाउने रणनीति अपनाएपछि सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक राखेर निर्णय प्रक्रिया अघि बढाएका छन्। मंसिर २६ गतेदेखि सुरु भएको पार्टीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै पटक पटक बैठकमा अनुपस्थित रहेपछि सभापति देउवाले शुक्रबार बहुमतको आधारमा प्रस्तावित सबै एजेण्डा पास गर्दै पार्टीको एक वर्ष म्याद थप गरेका छन्। झण्डै चारघण्टासम्म चाक्सीबारीमा बसेका पौडेल पक्षका नेताहरुलाई कुरेका सभापति देउवाले अपरान्ह ५ बजेपछि उनीहरुको रणनीति विफल पार्दै पार्टीको चारवर्षे कार्यकाल आगामी फागुन १९ मा सकिने हुँदा त्यसपछि विधानको प्रावधान बमोजिम एक वर्ष थप गर्ने प्रस्ताव पारित गरे। साथै उनले महाधिवेशनको कार्यतालिका पारित गर्दै विभागको संख्या बढाएर ४१ पुर्याउने तथा तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय गरेको एक नेताले बताए।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update