नेपाली कांग्रेसभित्र उत्पन्न गुटगत विवादको समाधान ननिस्कने स्थिति देखेपछि सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षको अनुपस्थितिमा पनि पार्टीृ केन्द्रीय कार्यसमिति बैठक अघि बढाएका छन्।
मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा १४औं महाधिवेशनको कार्यतालिका नआएको भन्दै बैठक बहिष्कार गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सदस्यहरु निरन्तर गुटगत भेलामा व्यस्त रहेपनि पार्टी बैठकमा एकपछि अर्को मुद्दा उठाउँदै अनुपस्थित रहेपछि सभापति देउवाले आजको बैठक झण्डै चारघण्टा ढिलोगरी साँझ ५ बजेपछि सुरु गरेका हुन्।
महाअधिवेशनको कार्यतालिका ल्याउन तयार भएका देउवासँग विगत एक वर्षदेखि रिक्त रहेको नेविसंघ तदर्थ समितिको गठन तथा तरुण दलको कार्यकाल थप गर्नेृ लगायतका विषयमा भागवण्डा नमिलेपछि पौडेल पक्षका सदस्यहरु बैठकमा उपस्थित छैनन्।
यसअघि २९ गतेको बैठकमा सामान्य विषय प्रवेश गराउँदै सहमतिको प्रक्रियाका लागि बैठक स्थगित गरेर सभापति देउवाले लगातार चारवटा बैठकका मिति सार्दै आजसम्म आइपुगेका थिए।
तर, पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठकको समयमै जुधाएर कहिले पौडेल निवास त कहिले चाक्सीबारी प्रकाशमान सिंहको निवासमा गुटको बैठक राखेर पार्टीको बैठकमा अनुपस्थित भएका थिए।
आजै पनि सिंहको निवासमा पौडेल पक्षले अपरान्ह १२ बजेदेखि भेला भएर आफूहरुको छलफल रहेको भन्दै पौडेल पक्षका नेताहरुले आजको बैठक पनि पर सार्न गरेको आग्रहप्रति सभापति देउवा असहमत हुँदै सँधै छलफल र सहमतिको नाममा बैठक रोक्न सम्भव हुँदैन भन्दै केन्द्रयि कार्यसमिति बैठक सुरु गरेका थिए।
त्यसअघि विगतमा पौडेल पक्षमा रहेका नेता महेश आचार्य पनि पार्टी कार्यालय पुगेर सभापतिसँग कुराकानी गरी बाहिरिएका थिए।
सानेपाबाट बाहिरिने क्रममा उनले गुटगत आधारमा कुनै पनि समस्याको सामाधान ननिस्कने बताउँदै नेतृत्वले ठंडा दिमागले विवेकपूर्ण ढंगले सोचेर पार्टीलाई अघि बढाउनु पर्ने प्रतिक्रिया दिएका थिए।
यसैबीच पाैडेल पक्षका नेता दिलेन्द्रप्रसाद बडुले भर्खरै सभापति देउवालाई एक दिन भएपनि बैठक परसार्न फाेनमार्फत अनुराेध गरेकाे स्राेतले बतायाे।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय