हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसका लागि अस्पताल लागिएको छ। प्रधानमन्त्री ओलीलाई शुक्रबार बिहान १० बजे महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस र नियमित स्वास्थ्य परीक्षणका लागि लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए । ओलीलाई आजै डायलासिस गरेर प्रधानमन्त्री निवास फर्किने छन्। १२ बर्ष अगाडी प्रत्यारोपण गरेको मिर्गौलामा समस्या देखिएपछि उनलाई नियमित हेमोडायलासिस गर्न महाराजगंज लागिएको हो।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update