हिमाल दैनिक
समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असहमति रहेको बताउँदै सरकारबाट बाहिरिएका छन्। सोमबारको मन्त्रिपरिषद बैठकमा एकाएक संविधान संशोधनको प्रस्ताव लगेर प्रधानमन्त्री ओलीसँग टक्कर लिन खोजेका यादवले मंगलबार सोही बहानामा सरकार छोडेको घोषणा गर्दै आफू र आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्री इस्तीयाक राईसमेतको राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाएर सरकारबाट बाहिरिएका हुन्। यादवले आफ्नो दलले तत्कालिन नेकपा एमाले र माओवादीसँग ०७५ जेठ १४ गते संविधान संशोधन लगायतका दुइृ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी सरकारमा सहभागी भएको बताएका छन्। आफ्नोे दलसँग भएको सहमति बमोजिम सोमबारको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि गृहकार्य गर्न संविधान विज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठनको प्रस्ताव कानून मन्त्रीको हैसियतले अघि सारेकोमा विगतको सहमतिबाट सरकारको नेतृत्व एतर्फी रुपमा पछि हटेको आरोप लगाउँदै यादवले त्यस परिस्थितिमा सरकारमा बसिरहन नैतिकताले नदिने बताएका छन्। यसअघि उपप्रधान तथा स्वास्थ्य मन्त्रीको रुपमा सरकारमा सहभागी रहेका यादव र उनको पार्टीका मन्त्रीहरुलाई कुनै जानकारी विना प्रधानमन्त्री ओलीले यादवलाई स्वास्थ्यबाट कानून मन्त्रालयमा सारिदिएका थिए भने उनका एक राज्यमन्त्रीलाई पदमुक्त गरिदिएका थिए। यसका अतिरिक्त उनको पार्टीका सांसद राईको नेतृत्वमा रहेको शहरी विकास मन्त्रालयमा नेकपा सांसद रामवीर मानन्धरलाई राज्यमन्त्री नियुक्त गरेका थिए। आफू दिल्लीमा रहेकै बेला प्रधानमन्त्रीले आफ्नोे मन्त्रालय हेरफेर गरेतापनि त्यसपछि केही दिन आनाकानी गर्दैृ कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका यादवले पछिल्लो समय प्रदेश प्रमुखबाट आफ्नो पार्टी निकट सदस्यलाई हटाउनेदेखि राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्र्टी नेपालसँग सहकार्य गरेपछि सरकारकोे नेतृत्वसँग उनी रुष्ट बन्न पुगेका थिए। बाध्यात्मक परिस्थितिमा सरकारमा रहेका यादव र प्रधानमन्त्रीबीच सोमबारको मन्त्रिपरिषद बैठकमा चर्काचर्की परेपछि बल्ल बाध्य भएर यादव सरकारबाट बाहिरिएका हुन्।  
प्रकाशित मिति: शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update