हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसदको हिँउदे अधिवेशनबाटै पास हुनुपर्ने अडान राखेको छ। सिंहदरबारमा बिहिबार बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला अमेरिकी सरकारसंग भएको उक्त सम्झौता राष्ट्रिय हितमा रहेको भन्दै भाेलिदेखि सुरू हुने संसदको अधिवेशनबाटै पारित हुनुपर्ने अडान राखेको हो। उक्त सम्झौताका बारेमा सत्तारुढ नेकपाभित्रै विवाद भएको अवस्थामा कांग्रेसले भने उक्त समझौता पारित हुनुपर्ने जनाएको हो। उक्त सम्झौता अहिले अनुमोदनका लागि संसदमा विचाराधीन छ। बैठकले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ। सभामुख नहुँदा संसदीय समितिहरुको काम समेत प्रभावकारी नहुने र अनुगमन गर्न समेत अप्ठेरो हुने भन्दै कांग्रेसले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउनुपर्ने निर्णय गरेको हो। बैठकले संवैधानिक परिषदसम्बन्धी विवादास्पद विधेयक लगाएतका केहि संविधान विपरितको बिधेयक अघि नबढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस राष्ट्रिय सभामा दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए। बैठकले सरकार जनताका दैनिक समस्याहरुप्रति उदासिन बन्दै गएको, महंगी र भ्रष्टाचार बढेको भन्दै सरकारको विरोध गरेको छ भने सीमा सम्बन्धी विवाद कुटनीतिक तवरबाटै समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। बैठकमा सरकारका गलत क्रियाकलापका विरुद्ध एकताबद्ध भएर लाग्न सांसदहरुलाई सभापति देउवाले निर्देशन दिएका थिए। [pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2019/12/Press-Release-2076.9.3.pdf" title="Press Release 2076.9.3"]
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update