सरकारले सीमा क्षेत्रमा ११४ वटा चेकपोष्ट थप गर्ने निर्णय गरेको छ । बिहिबार सिंहदरबारमा मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले सीमामा सशस्त्र चेकपोष्ट बढाएर २२१ पुर्याइने निर्णय भएको जानकारी दिए।
यसअघि यस्ता चेकपोष्ट १०७ वटा मात्रै थिए । भारतले नेपालको भूमि समेटेर भारतले आफ्नो नक्सामा नेपालको भूमि समेटेपछि विवाद बढेको अवस्थामा सरकारले यस्तो निर्णय लिएको हो ।
संचार मन्त्रीसमेत रहेका प्रवक्ता बाँस्कोटाले सुरक्षा व्यवस्था सुदृढ बनाउन र सीमा सुरक्षा गर्न सशस्त्रको चेकपोष्ट थपिएको बताए।उनले सीमाका विषयमा भारतसँग कूटनीतिक छलफल गर्ने बताए। स्कोटाले भारतलाई युद्ध गर्न आउ भनेर सीमामा बोर्डर आउट पोस्ट (बीओपी) नराखेको पनि बताए। मन्त्री बाँस्कोटाले सीमामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि बीओपी राखिएको स्पष्ट पारे।
अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाइनु स्वभाविक भएको उनको भनाई छ । यसले दुवै छिमेकी मुलुकको सीमा हुने अपराधिक गतिविधि नियन्त्रणमा सघाउ पुर्याउने बास्कोटाले बताए ।
मन्त्रीपरिषद् बैठकले नेपाली सेनाका ३ उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा.अमित जोशीको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । त्यस्तै बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका २ जना अधिकृतलाई सरुवा गर्ने निर्णय पनि गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए।
बैठकले सरकारी सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को छानविन समितिको म्याद २०७६ मंसिर२८ देखि पुस २८ सम्मका लागि एक महिना थप गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय