हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पाँचौं दिन पनि जारी छ ।२९ मंसीरबाट शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा महासचिव बिष्णुप्रसाद पौडेलको सांगठानिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहेको हो । धेरैजसो नेताहरुले दुवै प्रतिवेदनप्रति सहमति जनाएका छन् । तर, केही नेताहरुले भने थप परिमार्जनका लागि सुझाव दिएका छन् । बैठकको चौथों दिन बुधबार १२ जना स्थायी कमिटीका नेताहरुले प्रतिवेदनमाथि सुझाव दिएका छन् । केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बाँकी स्थायी कमिटी नेताहरुले प्रतिवेदनप्रति टिप्पणी गरिरहेका छन् । बैठकमा २०७७ भित्र महाधिवेशन गर्नेगरी राजनीतिक प्रतिवेदन र विधानमा उपाध्यक्ष पद थप गर्नेगरी सांगठानिक प्रतिवेदन पेश भएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update