सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार १२ जना सदस्यहरुले धारणा राखेका छन्।
आजको बैठकमा भीमबहादुर रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गरेका थिए। अहिले अनुमोदनका लागि संसदमा विचाराधीन यो परियोजना नेपालको हितमा नरहेको भन्दै नेता रावलले विरोध जनाएका हुन्। उनले कुनै पनि शक्ति राष्ट्रको कुनै पनि किसिमको सैन्य गठबन्धनमा नेपाल जान नसक्ने बताए।
उनले नेपालको संविधान, नेपालको परराष्ट्र नीतिले त्यो अनुमति नदिने बताए। अमेरिकाका कतिपय आधिकारिक व्यक्तिहरूले एसिया भ्रमणका क्रममा एमसीसी आइपीएसको अंग हो भनेर सार्वजनिक रुपमा भनेको कुरातर्फ बैठकको ध्यानाकर्षण गराएको उनले बताए।
तर, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली भने उक्त एमसीसी प्रस्ताव कार्यान्वयनमा लैजान भरपूर प्रयासरत रहँदैआएका छन्।
यसअघिको प्रतिनिधि सभाको अधिवेशनबाट उक्त एमसीसी सम्बन्धी प्रस्ताव अनुमोदन गर्ने गराउने प्रक्रियामा तत्कालिन सभामुख कृष्णबहादुर महराले सरकारलाई सहयोग नगरेको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाउँदै आएका छन्।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय