सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार १२ जना सदस्यहरुले धारणा राखेका छन्। पार्टी कार्यालय धुम्वाराहीमा बसेको बैठकमा मातृका यादव, बर्षमान पुन लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट लगाएत १२ जनाले धारणा राखेका हुन् ।
बैठकमा स्थायी समिति सदस्य मातृका यादवले नेकपाको विचारधारामा प्रचण्डपथलाई पनि समेट्नु पर्ने भनाइ राखेका थिए । प्रतिवेदनमा प्रस्तावित वैज्ञानिक समाजवादको बाटो हुँदै साम्यवादमा जाने कार्यदिशामा उनले असन्तुष्टी पनि जनाएका थिए । अन्य सदस्यहरुले प्रतिवेदनमाथि समर्थन गर्दै बिचार, संगठन, बिधी तथा सरकारका भूमिका बारेमा आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपा स्थायी समिति बैठक बसिरहेको छ । आइतबारबाट जारी बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधनको प्रस्तावमाथि सोमबारबाट सदस्यहरुले आफ्नो धारणा राखेको उनले बताए।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय