हिमाल दैनिक
नेकपा स्थायी कमिटी बैठक आज पनि जारी
nekapa sthahi samiti ko baithak
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ । पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समिति सदस्यहरुले राजनीतिक प्रतिवेदनका साथै समसामायिक एजेण्डमा धारणा राखिरहेका हुन् । स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको छ । तीन दिनदेखि नेकपा स्थायी समिति बैठक बसिरहेको छ । आइतबारबाट जारी बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधनको प्रस्तावमाथि सोमबारबाट सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update