हिमाल दैनिक
राष्ट्रपतिसँग कोइका अध्यक्षको शिष्टाचार भेट
PresidentBhandari
राष्ट्रपति विद्यादेवी भण्डारीसँग कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का अध्यक्ष ली मिकयोङले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनिहरूबीच लैङ्गिक मूलप्रवाहीकरण कार्यक्रमका माध्यमबाट महिला सशक्तीकरणका निम्ति नेपाल र कोरिया सरकारबीचको सम्भावित साझेदारीका साथै नेपाली नारीलाई गुणस्तरीय शिक्षा तथा आर्थिक अवसरहरू उपलब्ध गराउनेमा विचारविमर्श भएको थियो । राष्ट्रपति भण्डारीले नेपालको पुरानो मित्र कोरियाले यहाँको विकासका निम्ति गरेको सहायता तथा नेपाली युवालाई रोजगारी अनुमति प्रणालीअन्तर्गत रोजगारीका अवसर उपलब्ध गराएकामा आभार व्यक्त गरिन् । भेटका बेला राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारी, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र कोइका नेपाल निर्देशक सुङ हुनलगायत उपस्थित थिए । कोइका अध्यक्ष ली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालको साताव्यापी औपचारिक भ्रमणमा गत आइतबार काठमाडौँ आएको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update