हिमाल दैनिक
भुसालले बैठकमा राखे तीन पृष्ठ लामो पार्टीको पुननिर्माण प्रस्ताव
Ghanshyam Bhushal
नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले मंगलबारको नेकपा स्थायी कमिटी बैठकमा पार्टीको पुननिर्माणबारे लिखित रुपमा नै विशेष प्रस्ताव राखेका छन्। पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको बैठकमा उनले पार्टीमा राखेको प्रस्ताव अनुसार पुराना ढाँचालाई हटाउँदै नयाँ ढाँचा अनुसार जानुपर्ने उल्लेख गरे । यसका साथै उनले उत्तेजनाहीन र आग्रहीन भएर लाग्‍न सबै पार्टीका सदस्यहरुलाई आह्वान गर्नुभएको छ भने राष्ट्रिय पुँजीको विकास गरेर मात्रै समाजवादको संरना बनाउन आग्रह गरेका छन । बैठकमा स्थायी कमिटी सदस्य बेदुराम भुसालले तल्ला कमिटीमा पनि उपाध्यक्ष थप्न माग गरेका छन्। भुसालले पुस महिनाभित्रै केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । बैठकमा स्थायी कमिटीका सदस्य र आमन्त्रीत स्थायी कमिटि सदस्यहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरएिको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबारदेखि सुरु भएको बैठक अझै लम्बिने संकेत देखिएको छ। २ दिनमा टुंग्याउने गरी सुरु भएको बैठक बुधबार बिहान बस्ने गरी सकिएको पार्टी प्रवक्ता नारायनकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बैठकको तेस्रो दिन अध्यक्षद्वय ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, घनश्याम भुसाल, मणि थापा लगायतका नेताहरुले टिप्पणी गर्नुभएको थियो । त्यस्तै महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सुझावसहित धारणा राख्ने क्रम अघि बढेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update