हिमाल दैनिक
भट्टराईले आज लिईन सांसदको शपथ
bidhya bhattrai sapadh grahan
कास्की निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद विद्या भट्टराईले शपथ ग्रहण गरेकी छिन्। मंगलबार सिंहदरबारमा प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्वाहाम्फेले भट्टराईलाई सांसद पदको सपथ खुवाएकी हुन्। सपथपछि उनले कानुन र विकास निर्माण आफ्नो पहिलो प्राथमिकता रहने बताईन। भट्टराईले कानुन निर्माण र आफ्नो निर्वाचन क्षेत्र विकासमा लाग्ने प्रतिबद्धता जनाईन। भट्टराईले आफूलाई विजयी गराउने मतदाता र अन्य सहयोगीलाई धन्यवाद दिईन । नेकपाबाट उम्मेदवार बनेकी भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा २४ हजार ३९४ मतले विजयी भएकी हुन् । [caption id="attachment_79940" align="aligncenter" width="1800"] तस्वीर:प्रतिनिधिसभाको उपनिर्वाचनमा निर्वाचित सदस्य विद्या भट्टराई बुधबार सिंहदरबारमा सांसद पदको शपथग्रहणपछि हस्ताक्षर गर्दै ।[/caption] [caption id="attachment_79941" align="aligncenter" width="1800"] तस्वीर: प्रतिनिधिसभाको उपनिर्वाचनमा निर्वाचित सदस्य विद्या भट्टराई बुधबार सिंहदरबारमा सांसद पदको शपथग्रहण कार्यक्रममा संसदको प्रतीक चिह्न लगाउँदै ।[/caption]
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update