नेपाली कांग्रेसको बिहिबारदेखि सुरु भएको बैठक दोश्रो दिन आइतबार पूर्ण सुरु भएको छ। एक बजेका लागि बोलाइएको बैठकमा केहि समय ढिलो गरि बसेको थियो।
मंसिर २६ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पौडेल पक्षहरुले १४औं अधिवेशनको कार्यतालिकालाई बैठकको एजेण्डा नबनाएसम्म आफूहरु केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने भन्दै बैठक बहिस्कार गरेका थिए।
बिहिबार बहिष्कार गरेका नेता पौडेललाई समहमतिमा ल्याउन सभापति देउवा शनिबार उपसभापति विमलेन्द्र निधिलाई साथ लिएर पौडेल निवास बोहोराटार पुगेका थिए। तर, पौडेल पक्षले अधिवेशनको कार्यतालिका सार्वजनिक नगरेसम्म बैठकमा सहभागी नहुने अडान लिएपछि आजको बैठकमा संस्थापन पक्षहरु मात्र सहभागी भएका छन्।
बैठकमा अहिले उपसभापति बिमलेन्द्र निधिले हिजो पौडेल र प्रकाशमान सिंहसंग भएको बैठकका बारेमा आज जानकारी गराएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय