नेकपा सचिवालय बैठकले स्थायी कमिटि बैठकका लागि बिभिन्न ५ वटा एजेण्डा तय गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदन, बिधान संशोधन प्रस्ताव लगाएतका एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने, बिधान संशोधन प्रस्ताव पेश गरिने, केन्द्रिय कमिटिको अर्को बैठक तय गरिने र त्यो भन्दा अघि नेपाल भारत सीमा समस्याकाबारे छलफल हुने श्रेष्ठले जानकारी दिए।
https://www.facebook.com/himaldainik/videos/626830114777315/
बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पनि केहिबेर बैठकमा सहभागी भएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधार हुदै गएको जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै स्थायी समितिमा प्रचण्डद्वारा पेश हुने राजनीतिक प्रतिवेदनमाथि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
नेकपा स्थायी कमिटि बैठक आइतबार दिउँसो पार्टी कार्यालय धुम्वाराहीमा बोलाइएको छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन तीन महिनामा बस्नुपर्ने भएपनि यो बैठक एक वर्षपछि बस्न लागेको हो । यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन ।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय