हिमाल दैनिक
सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ। प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार साग खेलाडीहरुको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्। त्यस्तै एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि उनले घोषणा गरे। टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ पाउनेछन् । https://www.facebook.com/himaldainik/videos/757963721375900/ स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री ओलीले घोषणा गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले देशलाई माया गरेर देशका लागि खेल खेल्न आग्रह गरे। अव नेपालमा खेल क्षेत्रको बिकास द्रुततर ढंगले अघि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले खेलका पूर्वाधारहरु निर्माणमा पनि सरकारले बिशेष ध्यान दिइने जिकिर गरे। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पहिलेको तुलनामा खेल क्षेत्रको निकै बिकास भएपनि अझै पूर्वाधार निर्माणमा भने सन्तोषजनक प्रगति हासिल हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। काठमाडौंमा मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update