हिमाल दैनिक
गुठि विधयेक छिट्टै अघि बढ्छ: मन्त्री अर्याल
Minister Aryal
भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विद्येयक अघि बढाईने बताएकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले गुठी विद्येयक अघि बढाउनेबारे तयारी भएको बताईन । उनले गुठीलाई समृद्ध बनाउनु आजको आवश्यकत्ता भएको पनि भन्दै संविधानले निर्देशन गरेबमोजिम नै सरकार अघि बढ्ने स्पष्ट परिन् । सरकार, सरोकारवाला र विज्ञहरुबीच व्यापक छलफल तथा परामर्श गरेर सहमतिको दस्तावेजको रुपमा विद्येयक ल्याईनेपनि उनको भनाई छ । अहिलेपनि दर्जनभन्दा बढि विद्येयक तथा कानूनहरु एक आपसमा बाझिने गरेकोले एउटा काम गर्दा अर्कोले अप्ठ्यारो पारेको पनि उनले बताईन। मन्त्री अर्याललेसरकारले एकीकृत भूमी ऐनपनि अघि बढाउने तयारी गरिसकेको जानकारी दिईन । उनले नेपालका सीमा अतिक्रमण भएको विषयप्रति वर्तमान सरकार गम्भिर रहेको र मिचिएका जमिन फिर्ता गराउने प्रक्रियामा सरकार लागिसकेको पनि दाबी गरिन् । नेपाल र भारतबीच सीमा विवाद समाधानको लागि वार्ता गर्न सचिवस्तरीय संयन्त्र यसअघि नै गठन भईसकेको र वार्ता पनि भैरहेकाले सचिवस्तरीय, मन्त्रीस्तरीय र आवश्यक परे प्रधानमन्त्री स्तरमा पनि भारतसँग वार्ता गर्न सकिने उनले स्पष्ट परिन् । फरक प्रसँगमा उनले बालुवाटार जग्गा प्रकरणमा नेपाल सरकारको यसअघिको जे धारणा थियो अहिलेपनि त्यो कायमै रहेको स्पष्ट पारे।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update