प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे मिडियाहरुले अतिरञ्जना फैलाएको आरोप लगाएका छन् ।
सिंहदरबारमा सोमबार सञ्चारकर्मीसंग कुरा गर्दै उहाले मिडियाहरुले हल्लाका भरमा समाचार प्रवाह गरेको समेत आरोप लगाए। थापाले मिडिया हाउसका सम्पादकहरुले समेत संवेदनशीलतालाई बुझ्न नसकेको बताउँदै उनीहरुले अतिरञ्जना गरेर लेख्ने गरेको तर्क गरे।
उनले प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गर्दा मिडियाहरुले अतिरञ्जना फैलाएको घटनाबारे स्मरण गर्दै यसमा डाक्टरहरुलाई दोष दिने ठाउँ नभएको स्पष्ट पारे।
उनले केहि चिकित्सकहरुले समेत प्रधानमन्त्रीको स्वास्थ्यबारे अनावश्यक टिप्पणी गरेको बताए ।
https://www.facebook.com/himaldainik/videos/454638718760389/
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय