हिमाल दैनिक
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तराष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताएका छन्। जाइका अल्मुनाई एसोसिएशन अफ नेपाल (जान)को ४६औँ वार्षिक कार्यक्रमका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित दक्षिण एशियामा प्राकृतिक विपद्सम्बन्धी अन्तराट्रिय सम्मेलनको उद्घाटनमा उनले जाइका नेपालको महत्वपूर्ण विकास साझेदार संस्था भएको र यसले नेपालको भूकम्पपछिका निजी घर, सार्वजनिक पूर्वाधार, सांस्कृतिक पुरातात्विक सम्पदालगायत पुनर्निर्माणमा गरेको सहयोगको प्रशंसा गरे । उनले बिनासकारी भूकम्पपछिको पूर्ननिर्माणको कार्य अन्तिम चरणमा पुगेको भन्दै आगामी दुइ बर्षभित्र सवै प्रकारका पुननिर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे । मन्त्री ज्ञवालीले जापानले नेपालका सरकारी अधिकारीको क्षमता, सीप तथा ज्ञान अभिवृद्धिमा छात्रवृत्ति प्रदान गरी महत्वपूर्ण सहयोग पु¥याउँदै आएको उल्लेख गरे । दक्षिण एशिया कुनै न कुनै प्रकारका प्राकृतिक विपद्को जोखिममा रहेको उल्लेख गर्दै उनले नेपालले आगामी चैत २१ र २२ गते ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयमा अन्तराष्ट्रियस्तरको सगरमाथा संवाद गर्न लागेको अगवत गराए । कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपाल–जापान सम्बन्ध सुदृढ बनाउन जानले खेलेको भूमिकाको प्रशंसा गरे। सम्मेलनमा जानले प्रकाशित गरेको ‘मिलन’ पत्रिकाको विमोचन गरिएको थियो भने वित्त आयोगका अध्यक्ष बालानन्द पौडेललाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update