अमेरिका भ्रमण्मा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विभिन्न राष्ट्रका नेताहरुसँग भेटवार्ता गरेका छन्।
वासिङ्टन डिसीमा जारी अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आइडियु)को सम्मेलन लगायत विविध कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका अध्यक्ष थापाले सम्मेलनमा सहभागी सदस्य राष्ट्रका नेताहरू एवं युनियनका नेताहरूसंग छुट्टाछुट्टै भेटवार्ता गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।
यसक्रममा अध्यक्ष थापा र युनियनका महासचिव क्रिस्टिन क्याटनरबीच बिहीबार राती शिष्टाचार भेट भएको हो।
भेटमा राप्रपा र आइडियुको सम्बन्ध सुदृढ तुल्याउनेबारे छलफल भएको प्रतिनिधिमण्डलका सदस्य एवं राप्रपा सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठले जानकारी दिएको उल्लेख छ।
सम्मेलनमा अध्यक्ष थापा, सहायक महामन्त्री श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागीता रहेको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय