प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको छ। १० दिनदेखि अस्पतालमा बसेर उपचार गराईराखेका प्रधानमन्त्री ओलीको नियमित उपचार र अप्रेशनमा जम्मा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जानकारी दिएको छ।
मङ्सिर १० गते बिहान एक्कासी पेट दुख्न थाले पनि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। स्वास्थ्य जाँच गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि त्यही दिन उनको शल्यक्रिया गरिएको थियो।
उनलाई १० गतेदेखि आज मङ्सिर १९ गते सम्म अर्थात् १० दिन अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। आज डिस्चार्ज हुने क्रममा उनको उपचार खर्च सार्वजनिक गरिएको थियो। अस्पतालका अनुसार उक्त बिल सरकारकै नाममा काटिएको बताइएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय