स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको दशौं दिनमा डिस्चार्ज भएका छन्।मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो ।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा प्रधानमन्त्री ओलीले आफू निको भएर घर जान लागेको बताएका थिए। अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमै आराम गर्ने छन्। ओलीको उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाए पनि प्रधानमन्त्री ओलीले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णय गरेको बुझिएको छ ।
प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीले प्रधानमन्त्री ओलीले बालुवाटारमा केहि दिन आराम गर्ने र त्यसपछि नियमित काममा फर्कने बताए । त्यस्तै उनले प्रधानमन्त्रीको स्वास्थ्य जाच पनि बालुवाटारमा नै हुने जानकारी दिए।
त्यसअघि प्रधानमन्त्री ओली डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर उहाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
https://himaldainik.com/2019/12/05/79196/
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय