हिमाल दैनिक
प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिदै
kp sharma oli from bed
प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। एपेन्डिसाइटिसको अप्रेशन गरेका ओलीलाई आज दिउसो ३ बजे डिस्चार्ज गरिने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। थापाले आफ्नो सामाजिक संजाल मार्फत प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्यलाभ गरेर आज डिस्चार्ज हुने जानकारी दिएका छन्। उनले लेखेका छन्,"सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर अाजै दिउँसाे ३:०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएकाे सुखद समाचार सबैकाे जानकारीका लागि अनुराेध गर्दछु ।' त्यस्तै आज बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल पुगेकी थिइन्। मङ्सिर १० गते प्रधानमन्त्री ओलीलाई पेट दुख्ने समस्या भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको थियो। सोहि दिन उनको एपेन्डीसाइटिसको शल्यक्रिया गरिएको थियो।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update