१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।मंगलबार काठमाडौको दरशरथ रंगशालामा भएको पुरुष फुुटबलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको हो ।
खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफमा मात्र भयो । खेलको ५० औं मिनेटमा सुजलले नै व्यक्तिगत दोस्रो गोल गरे । तेस्रो गोल अभिषेक रिजालले ६६ औं मिनेटमा गरे ।
चौथो गोल भने मिक्चेन तामाङकोे नाममा रहृयो । उनले ७७ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक गोल गरेका थिए । यता साग अन्तर्गत पोखरामा सम्पन्न महिला फुटबलको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न खेलमा नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखे पनि अन्तिम मिनेटमा गोल गर्न सक्यो । नेपालका लागि सरु लिम्बूले ८८ औँ मिनेटमा निर्णायक गोल गरिन्।
[gallery ids="79052,79051,79049,79050"]
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय