नेपाली कांग्रेसकी संघीय प्रतिनिधिसभा सदस्य डिला संग्रौलाले नेकपा नेतृत्वको सरकार हरेक क्षेत्रमा असफल हुँदै गएको आरोप लगाएकी छिन्।
मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारले जनताका विविध समस्यामा बेवास्ता गरेको समेत आोप लगाईन। नेकपाले सर्वहारा र मजदुरको नाममा विकृत पुँजीवादलाई अंगालो मारिरहेको उनको भनाई छ।
यही पुस ४ गतेबाट सुरु हुन गइरहेको संसदको हिउंदे अधिवेशनमा खासगरी श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न कांग्रेसले जोडदार आवाज उठाउने उनले बताईन।
त्यस्तै उनले वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री स्वराेजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल एउटा श्वेतपत्र जारी गर्न सरकारको ध्यानाकर्षण समेत गराईन।
त्यस्तै सामाजिक सुरक्षा योजना कार्यक्रम अलपत्र हुने देखिएको, रोजगारदाता र श्रमिक उल्लेख्य रूपमा ल्याउन नसकिएको र मन्त्रालयले उनीहरुलाई ठूलो संख्यामा ल्याउने गरी कार्यक्रम बनाउन नसकेको उनले आरोप लगाईन।
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय