हिमाल दैनिक
कोहि भ्रममा नपरुन, गगन र प्रदिप मसँगै छन्: सिटौला
krishna-prasad-sitaula
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो गुटका नेता कार्यकर्तालाइ अरुको आश्रयमा नजान आग्रह गरेका छन्। पार्टीको १४औं महाधिवेशनको राप र तापले कांग्रेसभित्र पछिल्लो समय देखिएको गुटगत राजनीतिमा अघिल्लो अधिवेशनको समयमा आफूसँग रहेर चुनावी प्रतिस्पर्धामा उत्रिँदै तेस्रो धारको रुपमा स्थापित भएका सिटौलाले सोमबार यस्तो आग्रह गरेका हुन्। सिटौलाले सोमबार काठमाडौं आफ्नो गुटमा संलग्न भएर विगतदेखि क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै अरुको आश्रयमा नजान गुटका नेता कार्यकर्तालाई सुझाव दिए। https://www.facebook.com/himaldainik/videos/3271869292842394/?t=8 पछिल्लो समय सिटौलाको गुटमा रहेका युवा नेताद्वय गगनकुमार थापा र प्रदिप पौडेलले सिटौलाको समूह छोडेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नजिकिएको समाचार प्रकाशित हुँदै आएको थियो। त्यसका अतिरिक्त नेता पौडेलले सार्वजनिक कार्यक्रमदेखि विभिन्न संचारमाध्यममा समेत थापा र पौडेल आफ्नो साथमा रहेको दाबी गरिरहेकै बेला नेता सिटौलाले दुबै सदस्यहरुलाई आफ्नै साथमा उभ्याउँदै आफुहरुले खडा गरेको विचार समूहमा कुनै विभाजन नभएको स्पष्ट पारे। साथै सिटौलाले गगन थापा र प्रदिप पौडेलसहितको टोली आफूसँगै भएको दाबी गर्दै यसबारे कसैले भ्रम पाल्न वा पर्न जरुरी नभएको पनि बताए। यसैगरी नेता सिटौलाले ०७७ फागुन ७ देखि १० मा हुने महाधिवेशनमा आफ्नो समूहबाट पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वारी दिनेगरी तयारीमा लाग्न पनि निर्देशन दिए। क्रियाशील सदस्यता बाँड्ने समय भएकाले अहिले कार्यकर्तालाई विषेश परिस्थितिमा बाहेक जिल्लामै बस्न पनि उनले सुझाव दिए। आफ्नो गुटमा कांग्रेसको नेतृत्व गर्ने क्षमता भएका सशक्त नेतृत्वपंक्ति भएको दाबी त्यसले बदलिँदो परिस्थितिलाई बुझेर अघि बढ्न सक्ने क्षमता पनि भएको उनले दाबी गरे। सिटौलाले तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने भन्दै कुनै पनि बहानामा महाधिवेशन सार्न नहुने जिकिर गरे। साथै उलने नेकपा नेतृत्वको सरकारको रवैयाका कारण राज्यका संवैधानिक निकायले निश्पक्ष काम गर्न नसकेको आरोप लगाए। कांग्रेसले प्रतिपक्षको जिम्मेवारी ननिभाउँदा सरकारले गल्ती गरिहरेको उनको दाबी थियो। त्यस्तै कांग्रेसका नेता गगन कुमार थापाले सरकारलाई कोरोनाको जोखिम कम गर्न कांग्रेसले सहयोग गर्ने बताए। सभापतिको सबैभन्दा मुख्य जिम्मेवारी महाधिवेशन गराउने भएको भन्दै उनले विधान मिच्ने काम बन्द गर्न देउवालाई चेतावनी दिए। कार्यक्रममा थापा र पौडेल दुबैले आफूहरुले यसअघि खडा गरेको तेस्रो धार अथवा विचार समूहमा कुनै विमति नरहेको र यसले पार्टीभित्र नयाँ गति दिने दाबी पनि गरे।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update