संघीय संसदमा रिक्त भएको महासचिव पदमा कसले बाजी मार्ने भनी चलेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको रस्साकसीमा पूर्व माओवादी पक्षले बाजी मारेको छ।
संसदमा महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि सेवा निवृत्त भएपछि रिक्त हुन पुगेको महासचिवको जिम्मेवारीमा कसको पक्षको समर्थनमा जिम्मेवारी पाउने भनि पूर्व एमाले र माओवादीबीचको तानातानमा माओवादी पक्षकै सभामुख अग्निप्रसाद सापकोटाले सचिव गोपालनाथ योगीलाई जिम्मेवारी तोक्न सफल भएका छन्।
पूर्व एमाले पक्षका नेताहरुले संसद सचिवालयका सविच भरतराज गौतमलाई अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी दिन लविङ गरेको थियो।
तर, पूर्व माओवादी पक्षका नेताहरुको जोडबलका कारण पूर्व सभामुख कृष्णबहादुर महराको सिफारिसमा संघीय संसदको सविच पदमा सोझै नियुक्ति पाएका योगीलाई नै सभामखु सापकोटाले अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी निर्वाह गर्न तोकेका छन्।
यसअघि यौन दुव्र्यवहारको आरोपमा थुनामा परेपछि पदमुक्त भएका महराको स्थानमा पूर्व एमालेमाथि पूर्व माओवादीले बाजी मार्दै सापकोटालाई सभामुख बनाउन सफल भएको थियो।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय