
बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले स्वास्थ्य सामग्री खरिद प्रक्रिया जटिल रहेको भन्दै सहज बनाइदिन माग गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री इश्वर पोख्रेलको संयोजनमा बसेको बैठकमा मुख्यमन्त्रीहरूले कोरोना भाइरसको रोकथामका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको भन्दै स्वास्थ्य सामग्री खरिद प्रक्रिया सहज बनाउन माग गरेका हुन्।
अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बैठकमा मुख्यमन्त्रीहरूले स्वास्थ सामग्री खरिद प्रकिया प्रदेश सरकारले खरिद गर्दा प्रक्रिया जटिल रहेकाले सहज बनाईदिन आग्रह गरेको जानकारी दिए।
अहिलेसम्म स्वास्थ्य सामग्रीको अभाव नभएपनि पूर्व तयारीका रूपमा स्वास्थ्य सामग्रीहरू हुनुपर्नेमा मुख्य मन्त्रीहरूले जोड दिएका छन्। स्वास्थ्यकर्मीहरूको विमादेखि सामाजिक सुरक्षाका कुराहरू पनि व्यवस्थित गर्न उनीहरूले आग्रह गरेको प्रवक्ता खतिवडाले जानकारी दिए।
https://www.facebook.com/himaldainik/videos/855097671570879/?t=0
सीमानाका तथा एयरपोर्टमा कडा जाँच गर्ने व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ । प्रवक्ता खतिवडाले कोरोना रोकथामका लागि प्रदेश सरकारले गर्नुपर्ने काम र देखिएका समस्याका बारेमा जानकारी लिन छलफलको आयोजना गरिएको जानकारी दिए।
कोरोना भाइरसको संक्रमण रोक्नका लागि प्रवेश रोक्ने, नागरिक सचेतना बढाउने, निगरानी र क्वारेनइनको व्यवस्था गर्ने, बिरामीको उपचार तथा व्यवस्थापन प्रभावकारी तुल्याउनेसहितका निर्णय गरेको उच्चस्तरीय समितिले संघ, प्रदेश र स्थानीय तहबिच समन्वयात्मक रुपमा काम गर्ने तयारी स्वरुप बैठक गरेको जनाएको छ ।
गृह मन्त्रालयको अनुमति बेगर प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीले जिल्ला छोड्न नपाउनेसहितका निर्णय पनि समितिले गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय