हिमाल दैनिक
विश्वभर फैलिएको कोरोना भाइरसको माहामारी र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपाललाई समेत उच्च जोखिमको सूचिमा राखिरहेकै बेलामा पनि सरकारले शैक्षिक संस्थाहरु बन्द नगरी यथास्थितिमै संचालन गरेपछि समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सरकारको हेलचक्र्याईप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री भट्टराईले शनिबार आफ्नो ट्वीटरमार्फत कोरोना भाइरसको प्रकोप विश्वभर फैलिएको र खुला सीमा भएको भारतमा समेत कोरोनाको संक्रमण बढिरहेको बेला नेपाल सरकारले सम्पूर्ण स्कूल, कलेजहरु केही दिन अथवा हप्ता बन्द नगरेकोमा कडा प्रतिक्रिया दिएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार र त्यसमा रहेका नेताहरुप्रति तिखो टिप्पणी गर्दै स्कूले बालबालिकाको जीवन भन्दा परिक्षा ठूलो नभएको भन्दै यस्तो माहामारीको अवस्थामा विद्यार्थीको परिक्षा केही पर सार्दा कुनै आकाश नखस्ने टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘कोरोना भइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन÷हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो? छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ? सत्ताधारी कमरेडहरूको ध्यान जाला?’ https://twitter.com/brb1954/status/1238684784903114754 सरकारले सबै विद्यालय संचालकहरुलाई चैत ५ गतेभित्र परिक्षा सम्पन्न गर्न निर्देशन जारी गरेपछि अहिले पनि देशभरीका नीजि तथा सरकारी स्कूलले शनिबार सार्वजनिक विदाको दिन समेत विद्यार्थीहरुको परिक्षा संचालन गरिरहेका छन्।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update