प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौला आज डिस्चार्ज भएकी छिन्।
प्रधानमन्त्री ओलीकी ‘भान्जी’ पर्ने समिक्षा संग्रौलालाई बुधबार दिउसो ३ बजे डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिए।
डिस्चार्ज हुनु अघि समिक्षाले ओलीलाई भेटेर स्वास्थ्यबारे जानकारी लिएकी थिइन्। गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समिक्षाले बायाँतर्फको मिर्गौला आफ्नी मामालाई दिएकी थिइन्। त्यस्तै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइराखेको र सम्भवतः आजै बेलुकासम्म डिस्चार्ज गर्न सक्ने सम्भावना रहेको छ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय