रााष्ट्रिय प्रजातन्त्र पार्टी र रााष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकताको घोषणा भएको छ। बुधबार एकता घोषणा सभा आयोजना गरेरयी दुई पार्टी एक भएको घोषणा गरेको हो।
एकता घोषणसभामा केहि समय भाँडभैलो नै मच्चिएको थियो। कार्यक्रममा एक जना कार्यकर्ताले बारम्बार पार्टी फुटेर आफुहरु धोका पाएको भन्दै आक्रोश पोखेका थिए।
अध्यक्ष कमल थापा र पशुपतिशम्शेर जबराले पार्टी एकीकरण पत्र आदानप्रदान गर्ने समयमा एक कार्यकर्ता मञ्चमा चढेर हामीले पनि एक मिनेट बोल्न पाउनुपर्ने माग गरेका थिए।
उनले माइकमा गएर भने,' पटकपटक पार्टी फुटेर धोका पाएका छौं। नेताहरूले गीताको पुस्तक छोएर अब पार्टी फुट्दैनौं भन्नुपर्यो।’ यति हुदासम्म अध्यक्षहरुले केहि प्रतिक्रिया दिएनन् र एकीकरण पत्र आदानप्रदान गरे। त्यसलगतै एक जनाले गीता नै बोकेर मञ्चमा चढे।
उनले जबरा र थापा अगाडी गीता तेर्साउदै गीता छोएर कसम खान लगाए तर उनीहरुले छुन मानेनन्। उक्त बिषयले केहि समय सभामा भाँडभैलो मच्चिएको थियो। हिन्दु राष्ट्र बनाउने संकल्पसहित दुई राप्रपाको एकीकरणसँगै अब राप्रपामा थापा, राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका छन्।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय