सरकारले बिश्वब्यापी रुपमा सन्त्रास फैलिएको कोराना भाइरसबिरुद्ध लड्न आज सर्वदलीय बैठक आह्वान गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले प्रधानमन्त्री कार्यालयमा उक्त बिषयमा छलफल गर्न सबै राजनीतिक दलहरुलाई बुधबार ३ बजे बैठक डांकेका हुन्।
बिश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोनाबाट बाँच्न नेपालको पूर्वतयारी र थप गर्नुपर्ने कामहरूका बारे छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने ५ वटै दलका प्रतिनिधिहरूलाई बैठकमा बोलाइएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय