हिमाल दैनिक
बाँस्कोटाको घरमा प्रेसर कुकर बम बिस्फोट, घरको पर्खाल भत्कियो (अपडेट फोटो सहित )
baskota-house-bomb-blast2
पूर्व सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर नजिकै प्रेसर कुकर बम बिस्फोट भएको छ । बुधबार बिहान पौने ८ बजेतिर लोकन्थलीस्थित बाँस्कोटाको घर नजिकै बम बिस्फोट भएको हो । प्रहरीका अनुसार बाँस्कोटाको निर्माणाधीन घरको कम्पाउण्डभित्र राखिएको प्रेसर कुकर बम बिष्फोट हुँदा घरको पर्खाल भत्किएको छ भने घर बाहिर राखिएको बा १९ च ४७८१ नम्बरको मारुती भ्यानमा पनि क्षति पुगेकाे छ। बिष्फोटले अन्य घरमा समेत क्षति पुराएको छ। [gallery link="file" ids="84804,84803,84802,84801,84800,84799"] बिष्फोटका समय बाँस्कोटा घरमा थिएनन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो केहि समय अगाडी सार्बजनिक भएपछि नैतिकताका अधारमा बाँस्कोटाले प्रधानमन्त्रीलाई राजिनामा बुझाएका थिए। मन्त्री भएदेखि नै उनि बलकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका थिए। नैतिकताका आधारमा पदबाट राजिनामा दिएपनि बाँस्कोटाले प्रधानमन्त्री ओलीको निवास भने छोडेका थिएनन्। https://www.facebook.com/himaldainik/videos/610727776148004/?t=2 बलकोटमा बस्दै आएका बाँस्कोटाले आफ्नो पुरानो एकतले घरलाई तीन तले बनाउने काम हुदै थियो। प्रहरीले बम कसले र किन विस्फोट गरायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update