हिमाल दैनिक
प्रधानमन्त्री ओली पहिलेजसरी सक्रिय हुन कम्तीमा पनि ६ महिना लाग्ने
pm-oli-medical-team
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको र केहि दिनभित्रै डिष्चार्ज गरिने उनका उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । मंगलबार अस्पतालमा मिर्गाैला प्रत्यारोपणमा संलग्न प्रमुख चिकित्सक टोलीसहितको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुदै गएको भन्दै चिकित्सकहरुले मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय सेवा तय भएपछि मात्रै डिस्चार्ज गरिने बताएका हुन् । प्रधानमन्त्रीका निजी चिकित्सक एवं नेफ्रोलोजिस्ट डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय तथा घरेलु व्यवस्थाको तयारी भइरहेको बताईन । https://www.facebook.com/himaldainik/videos/2570413829880963/?t=45 उनले प्रधानमन्त्री ओली पहिलेजसरी सक्रिय हुन कम्तीमा पनि ६ महिना लाग्ने पनि बताईन । प्रधानमन्त्रीले एक महिनाभित्र बैठक राख्न सक्ने तर भीडभाडमा जान नहुने डा शाहले बताईन । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले चिकित्सीय हिसाबले प्रधानमन्त्री घर फर्कन सक्ने भए पनि परिवारको आग्रहअनुसार केही दिन अस्पतालमै राखिने बताए । अङ्गदाता समीक्षा सङ्ग्रौलाको स्वास्थस्थिति राम्रो भएको र उहाँलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने जनाइएको छ । त्रिवि चिकित्साशास्त्र सङ्कायका डीन प्राडा जगदीश अग्रवालले मुलुकका प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण मुलुककै अस्पतालमा हुनु गौरवको विषय भएको बताउँदै यसबाट चिकित्सकहरुको आत्मविश्वास बढेको बताए । प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह, डा. पवन चालिसे, डा. सुमन चापागाईं र डा. सुवास आचार्य थिए।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update