हिमाल दैनिक
कोरोना नेपालमा भित्रिन नदिन सरकारले अधिकतम सजकता अपनाउँदै
swasthye
सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बिभिन्न सिमामा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको जनाएको छ । कोरोना भाइरस संक्रमण हुन नदिने पुर्व तयारीका बारेमा राष्ट्रिय युवा संघ नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन सरकारले अधिकतम सजकता अपनाएको बताएका हुन्। छिमेकी मुलुकहरूसँगका स्थलमार्गका ३७ नाकामा प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा ‘हेल्थ डेस्क’ स्थापना गरी नेपाल भित्रिने यात्रुको जाँच भइरहेको उनले बताए । माघ ९ गते चीनबाट फर्किआएका एक नेपालीमा देखा परेपश्चात हालसम्म थप संकास्पद चार सय ३३ जना व्यक्तिमा कोरोना परिक्षण गरेपनि रिपोर्ट भने नेगेटिभ आएको मन्त्री ढकालले जानकारी दिए । https://www.facebook.com/himaldainik/videos/1500928916742588/?t=10 यद्दपी उनले कोरोना देखिएको छैन भन्दै चूप लागेर नवस्ने जिकिर गरे । उनले नेपालमा संक्रमित बिरामी देखापरे सरकारी अस्पतालका १ सय ५५ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जानकारी दिए। उनले बाहिर हल्ला भएजस्तो कोरोनाको भयावह अवस्था नेपालमा भने नरहेको बताए । ज्ञापन पत्र बुझाउदै युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले कारोना रोकथामका लागि सरकारसंग हात्तेमालो गर्न तयार रहेका बताए । चीनको वुहानबाट ल्याइएका नेपालीहरुप्रति सरकारले गरेको मिहेनतको प्रशंसा गर्दै संयोजक सापकोटाले छिमेकी मुलुक कोरोनासँग लडिरहेका र ती मुलुकबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेर अगाडी बढ्न समेत माग गरे । ८ बुँदे ध्यानाकर्षणपत्रमा युवा संघले जस्तो सुकै जोखिम मोल्न तयार रहेको भन्दै बजारमा देखिएका कृतिम अभाव अन्त्य गर्न समेत माग गरेको छ । कोरोना संक्रमण देखिएमा बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न समेत माग गरिएको छ भने विमानस्थल तथा भारतसँग रहेका खुल्ला सिमा नाकामा समेत अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update