रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अव पार्टीलाई फुटको अवस्था आउन नदिने प्रतिवद्धता जनाएका छन् ।
राप्रपा संयुक्तसंग एकता हुनुअघि मंगलबार काठमाडौंमा राप्रपा केन्द्रीय कार्यसमितिको बिशेष बैठकलाई सम्बोधन गर्दै उनले यसअघि बिबिध कारणले पार्टी फुटको शिकार हुदै आएपनि अव भने पार्टी एकढिक्का भएर अघि बढ्ने बताएका हुन् ।
https://youtu.be/Td7CGUJsoPM
उनले व्यवहारिक रुपमा नै अव पार्टी फुट्ने कुनै अवस्था नरहने विश्वास पनि व्यक्त गरे । उनले नयाँ पार्टी संग नयाँ परिवेशमा नभइ हिजोको दिनमा संगै बसेका काम गरेकाहरुसंग एकता हुन लागेको भन्दै सहज रुपमा एकता अघि बढ्ने जिकिर गरे।
अध्यक्ष थापाले एकीकृत पार्टीको आर्थिक व्यस्थापन पारदर्शी र व्यवस्थीत ढंगबाट संचालन गर्न आवश्यक कार्यविधी बनाउने जानकारी पनि दिए । एकीकृत पश्चात पार्टीको नीति र सिद्धान्त सवै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र तथा सवै पक्षहरुलाई चित्त बुझ्ने सहमति र साझा संस्थाको रुपमा राजसंस्था सहितकोप्रजातन्त्र हुने अध्यक्ष थापाले बताए ।
देशमा बलियो राष्ट्रवादी प्रजाताान्त्रिक शक्ति निर्माण गर्ने उदेश्यका साथ राप्रपा र राप्रपासंयुक्तबीच एकीकरण गर्ने निर्णयका साथ हस्ताक्षर गरिएको थापाले बताए । दुई पार्टीको औपचारिक घोषणा भने बुधबार हुँदैछ ।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय