हिमाल दैनिक
मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा क्रमिक रुपमा सुधार भएपछि उनलाई यसै साता डिष्चार्ज गर्ने तयारी गरिएको छ । आइतबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउदै शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र परीक्षणहरुको सूचक सामान्य रहेको बताउदै यसै साता डिष्चार्ज गरिने बताएका हुन् । प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको र नियमित डिँहडुल गराउन थालिएको उनले बताए । डा खड्काले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको बताए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आइतबार इजरायल, फ्रान्स र युरोपियन युनियनका राजदूतहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको बताए । प्रधानमन्त्री ओलीको गत बुधबार शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update