सरकारले ‘कोविड–१९’ अर्थात् कोरोनाभाइरसको संक्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उच्च सतर्कता अपनाएको जनाएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पित्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले कोरोना संक्रमण रोकथामका लागि सरकारीस्तरबाट भइरहेका काम कारवाहीबारे संक्षिप्त जानकारी दिदै विभिन्न तीन वटा समिति निर्माण गरी संक्रमण भित्रिन नदिन आवश्यक तयारी भइरहेको बताए।
नेपालमा अहिलेसम्म कोरोना संक्रमित नरहेका कारण विदेशबाट आउनेहरुमार्फत संक्रमण नभित्रियोस् भनेर चनाखो रहनुपर्ने आवश्यकता रहेको उनले बताए । खतिवडाले नेपालमा कोरोना संक्रमित नपाइएका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताए ।
यद्यपि सरकारले संक्रमण भित्रिन नदिन प्रभावकारी ढङ्गले काम गरिरहेको जानकारी दिँदै उनले स्थलमार्गबाट आउने यात्रुमार्फत पनि संक्रमण फैलन सक्ने भएकाले विभिन्न ३७ वटा नाकामा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको बताए ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले नेपालका निजी क्षेत्रका व्यवसायीलाई अन्तराष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेको छ । साथै कार्यविधि स्वीकृत गर्दै नगद धरौटी राख्नुपर्ने व्यवस्थालाई केही सहजता दिन बैंक ग्यारेन्टी भएपनि हुने व्यवस्था गरेको प्रवक्ता खतिवडाले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय