हिमाल दैनिक
मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । बिहीबार अस्पतालमा पत्रकार स्म्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिए। प्रधानमन्त्रीलाई बिहीबारदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको उनले बताए । त्यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति स्थिर रहेको र उनलाई पनि तरल र नरम खानेकुरा दिन थालिएको उनले बताए । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भुटानका प्रधानमन्त्री, जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरको जानकारी दिए । देशभरी प्रधाननमन्त्रीको सफल प्रत्यारोपणका कारण खुशी उत्साह र उमंग छाएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update