राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, नेकपाका वरिष्ठ नेता तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय