हिमाल दैनिक
प्रधानमन्त्री ओलीलाई पोष्ट अपरेटिभ वार्डमा सारियो, दुवै जनाको अवस्था सामान्य(भिडियो सहित)
oli
प्रधानमन्त्री केपी शर्मा ओलीको सफल रुपमा मृगौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्‍गाले शल्यक्रियापछि पत्रकार सम्मेलन गर्दै ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको जानकारी पनि दिए । खड्‍गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । https://www.facebook.com/himaldainik/videos/480105259535780/?t=0 उनले प्रधानमन्त्री ओलीको सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेको जानकारी पनि दिए । प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने उनले बताए । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको खड्‍गाले बताए । पोष्ट अपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्रीको होस आइसकेको प्रत्यारोपण टोलीका प्रमुख डा प्रेम ज्ञवालीले बताए । प्रधानमन्त्रीको प्रत्यारोपण शल्यचिकित्सा टोलीमा डा उत्तमकुमार शर्मा, डा प्रेम ज्ञवाली, डा अनन्तकुमार हुनुहन्थ्यो भने प्रत्यारोपण चिकित्सा टोलीमा डा दिव्यासिंह शाह, महेश सिग्देल, डा मुकुन्द काफ्ले र डा रविन नेपालीलगायतको टोली सहभागी थियो । यस्तै, एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र डा सुवास आचार्यलगायतको टोली सहभागी थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update