हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार बिहान १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण केहि समय अगाढी सकिएको हो । करिब ४ घन्टा लगाएर गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको अस्पतालले बताएको छ। अस्पतालले चार बजे औपचारिक पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे जानकारी दिने बताइएको छ। ओली यो दोश्रो मिर्गौला प्रत्यारोपण हो। १३ वर्षअघि २०६४ साउनमा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ओलीले पहिलो मिर्गौला प्रत्यारोपण गरेका थिए भने दोश्रो प्रत्यारोपण उनले स्वदेश मै गरेका छन्। उनलाई उनकै भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update