हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो । बैठकमा सभामुख अग्नी सापकोटाले विशेष प्रस्ताव राखेका थिए । बैठकले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासमेत गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना पनि गरेको छ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update