नेपाली कांग्रेसका असन्तुष्ट नेताहरुले उपसभापति विमलेन्द्र निधिले डाकेको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
महाधिवेशनको मिति तोकेको अवस्थामा आचारसंहिताअनुसार पनि प्रशिक्षण गर्न नमिल्ने भएकाले महाधिवेशन प्रभावित पार्न उपसभापतिको भेला आयोजना गरेको पौडेलको निष्कर्ष छ । भेलामा संलग्न काग्रेस नेता बद्रीप्रसाद पाण्डेले पार्टी नै महाधिवेशन केन्द्रीत हुनुपर्ने बेला अन्य कार्यक्रममा सहभागी नहुने निर्णय गरेको बताए ।
कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले विधानलगायत विषयमा जिल्लाका उपसभापतिलाई पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । सभापति शेरबहादुर देउवाले पछिल्लो समय विभाग र केन्द्रीय सदस्य मनोनित गरेपछि पौडेल पक्ष असंतुष्ट छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय