नेपाली कांग्रेसले कोरोना भाइरसका कारण पूर्व निर्धारित विभिन्न भातृ संगठनको अधिवेशन र औपचारिक सभा सम्मेलनहरु स्थगित गरेको छ।
चीनबाट फैलिदै गएको प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला नेपालमा पनि उच्च सतर्कर्ता अपनाउदै सभा सम्मेलन नगर्न नेपाल सरकारको बिशेष आग्रहलाई ध्यानमा राख्दै कांग्रेसले यस्तो निर्णय गर्ने तयारी गरेको हो।
उक्त निर्णयका कारण यसका भातृ संगठन र शुभेछक संस्थाको अधिवेशन प्रभावित हुने सम्भावना बढेको छ। यसको अतिरिक्त कांग्रेसको १४ औं महा-अधिवेशन क्रियाशील सदस्यता वितरण तथा अन्तरिक गतिबिधि भने जारी राख्ने बताएको छ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय