हिमाल दैनिक
देउवाद्वारा बस्नेत, सिवाकोटी र श्रेष्ठलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनाेनयन
deuba nomiates
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चारवर्षे नियमित कार्यकाल पूरा हुन अगाडि तीन केन्द्रीय सदस्य मनोनित गर्दै केही विभागका प्रमुखहरुको नाम तय गरेका छन्। पार्टी उच्च स्रोतका अनुसार, सभापति देउवाले विधान अनुसार झापाका पुराना कांग्रेस नेता गोपाल बस्नेत, सुधिर सिवाकोटी र धनकुटाका मनोहरनारायण श्रेष्ठलाई पार्टीको आमन्त्रित सदस्यमा मनोनित गरेका छन्। सभापति देउवाले झापाका बस्नेतलाई गत निर्वाचन लगत्तै राष्ट्रिय सभा सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने तीन जना सदस्यमा पनि मनोनयनको सिफारिस गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालिन नेकपा एमाले नेता केपी शर्र्मा ओलीको दबाबमा तीन जनाको नाम संविधान अनुसार मनोनित नगरी पछि बनेका ओली सरकारको सिफारिमा मनोनित गरेकी थिइन्। सभापती देउवाले बस्नेतको नाम मनोनयन गर्ने जानकारी पाएपछि पार्टीभित्र तेस्रो धारका नेताका रुपमा परिचित कृष्णप्रसाद सिटौलाले तत्काल बस्नेतको नाम मनोनित गर्ने भए आफ्नो तर्फबाट सुधिर सिवाकोटीलाईृ पनि मनोनित गर्न दबाब दिएपछि सभापति देउवाले उनको सुझाव कार्यान्वयन गरेका हुन्। विधान अनुसार, सभापतिले मनोनित गर्ने १० आमन्त्रित सदस्यमा अहिलेसम्म अखण्ड नेपाल पार्टीबाट आएका कुमार खड्का, राप्रपाबाट आएका सूर्यबहादुर केसी र नगेन्द्रकुमार चौधरीलाई कटाएर अमmै दुई जनाको नाम मनोनित गर्न सक्ने अवस्था रहेको छ। सभापति देउवाले तनहुँका ध्र्रुव वाग्ले र दाङका कृष्णकिशोर घिमिरेलाई मनोनित गर्ने तयारी गरेपछि अहिलेसम्म उनीहरुको नाम मनोनित गरीसकेका भने छैनन्। यसैगरी सभापति देउवाले संगठन विभागको प्रमुखमा पार्टी नेता गोपालमान श्रेष्ठ, प्रचार विभागमा प्रवक्ता विश्वप्रकाश शर्मा, जनसम्पर्क समन्वय विभागमा केन्द्रीय सदस्य गोविन्द्र भट्टराई, तराई मधेस विभागमा अजय चौरसिया, आदिवासी जनजाति विभागमा सिता गुरुङ, स्थानीय तह विभागमा अर्जुन जोशी र तरूण विभागमा शंकर भण्डारीलाई विभाग प्रमुखको जिम्मेवारी दिएका छन्। पार्टीभित्र बढी आकर्षणको केन्द्र बनेको संगठन विभागमा देउवा पक्षका आकांक्षी सदस्यहरुको भीड ठूलो भएपछि देउवाले त्यी आकांक्षीबीचको अन्तरद्वन्द्ध साम्य पार्न गोपालमानलाई जिम्मा दिएका हुन्।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update