हिमाल दैनिक
७० करोड कमिशन मागेकाे आरोपमा पदमुक्त बाँस्कोटाद्वारा झुट्टा लान्छना र गाली बैइज्जतीको मुद्दा दायर!
GOKUL BASKOTA
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशन मागेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि झुट्टा लान्छना लगाएको भन्दै अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छन्। सुरक्षण मुद्रण उपकरण खरिदको विषयमा आफूलाई स्वीस कम्पनीको एजेन्ट बताउँने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएलगत्तै चौतर्फी दबाब खेप्न नसकेर संचारमन्त्रीको पदबाट राजीनामा दिएका बाँस्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको आफ्नो ट्वीटरमार्फत जनाएका छन्। https://twitter.com/GokulPBaskota/status/1233319268269223936 उनले भनेका छन्, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद।’ मिश्रले सार्वजनिक गरेको अडियोमा उनले ७० करोड कमिशन आफूलाई चाहिनेदेखि सरकारी कर्मचारीलाई अत्यन्त तल्लोस्तरको भाषा प्रयोग गरेको सुन्न सकिन्छ। फागुनको पहिलो साता पदबाट राजीनामा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेका बाँस्कोटाको विषयमा बिहिबारमात्रै प्रधानमन्त्री ओलीले उनी दोषी भएको प्रमाण नभएको र उक्त अडियोमा उनैको आवाज भएको प्रमाण नभएको भन्दै उनको बचाउ गरेलगत्तै शुक्रबार उनले झुट्टा आरोप र गाली बेइज्जतकिो मुद्दा दायर गर्न पुगेका हुन्। उनले आफ्नो विरुद्ध ककसले लान्छना लगाएर झुट्टा आरोप लगाए भन्ने विषयमा केही उल्लेख गरेका छैनन्।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update