भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आफूले मन्त्रालय सम्हालेपछि मालपोत कार्यालय व्यवस्थीत हुँदै गएको बताएकी छिन् ।
शुक्रबार सिंहदरबारमा मन्त्रालय सम्हालेको २ वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री अर्यालययले सेवाग्राहीले काम छिटो गराउनका लागि घुस दिने गरेका कारण मालपोत कार्यालयमा घुसखोरी बढेको भन्दै अव त्यस्तो नहुने बताईन ।
उनले देशभरका मालपोत कार्यालयलाई व्यवस्थीत तथा सेवाग्रहीमैत्री बनाइएको दाबी पनि गरिन् । मन्त्री अर्यालले सरोकारवालासँग छलफल गरेर गुठी विधेयक अघि बढाउन लागेको जानकारी दिईन । यसका लागि सरोकारवालासँग ४ पटक छलफल गरेको बताउँदै मन्त्रालयको कुरामा उनीहरुले सहमति जनाएको उनले बताइन ।
मन्त्री अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको भन्दै नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधिक टोलीले सुझाव पेस गरेको र नापी विभागले बनाएको टीमले काम अन्तिम चरणमा पुर्याएको जानकारी दिईन । सहकारी ऐन संशोधनको तयारी गरेको भन्दै उनले वित्तीय कारोबारसँग जोडिएका विषय पनि संशोधनमार्फत सम्बोधन हुने बताईन ।
भूमि व्यवस्था, सहकारी मन्त्रालयले विगतमा व्यक्तिको नाममा दर्ता हुन गएको २ सय ६४ बिघा ५ कट्ठा १५ धुर जग्गा फिर्ता गरी सरकारको नाममा ल्याएको बताएको छ । यस्तै, सरकारको नाममा कायम गर्न १३ बिघा १८ कट्ठा ११ धुर जग्गा रोक्का राखेको मन्त्री अर्यालले बताईन । मन्त्री अर्यालको कार्यकालमा भएका प्रमुख उपलब्धी समेटिएको पुस्तिकामा हदबन्दीभन्दा बढी रहेका १० हजार १ सय ९२ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गर्न रोक्का गरिएको जनाइएको छ ।
नेपाल भारत सीमाका १ हजार ९३ सीमा स्तम्भ निर्माण र ८ सय ९० सीमा स्तम्भ मर्मत सम्भार गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय