हिमाल दैनिक
भ्रष्टाचारमा संलग्न हुने कसैलाई पनि उन्मुक्ति नदिने: रक्षामन्त्री पोखरेल
traffic police
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचारमा संलग्न हुने कसैलाई पनि उन्मुक्ति नदिने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आफ्नो दुई वर्षे कार्याकालको कार्यप्रगति विवरण सार्वजनिक गर्दै रक्षामन्त्री पोखरेलले नेपाली सेनामा मात्रै नभएर जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचार सरकारलाई स्वीकार्य नभएको बताएका हुन् । पोखरेलले सैनिक मुख्यालय जङ्गी अड्डाभित्र हुने भ्रष्टाचार छानबिनको दायरामा आउने पनि बताए। शान्ति सेनामा पठाउने सम्बन्धमा शान्ति सेना छनोट कार्यविधि तयार पारिएको र त्यसै अनुसार हुने उनले बताए । https://youtu.be/auQxXnbQTGc दुईवर्षे अवधिमा नेपाली सेनाभित्रको संस्थागत सुधार गर्न सकिएको उनको दावी छ । सैनिक ऐन २०६३ मा नमिलेका विषयहरू आवश्यक संशोधन गरिएको जानकारी दिँदै रक्षामन्त्री पोखरेलले मन्त्रालय, नेपाली सेना मात्रै नभएर राष्ट्रलाई महत्वपूर्ण हुने राष्ट्रिय सुरक्षा नीति २०७३ परिमार्जन गरेर २०७५ पारित गरिएको जिकिर गरे । पोखरेलले सेनाको सांगठनिक जीवनसँग गाँसिएको विभिन्न नियमावली पारित गरिएकोसमेत जानकारी दिए । उपप्रधान तथा रक्षामन्त्री पोखरेलले संवैधानिक व्यवस्था अन्तर्गत् नै सेनालाई विकास निर्माणको जिम्मेवारी दिएको प्रष्ट पारे। उनले विभिन्न देशहरूसँग दुईपक्षीय सहयोग आदानप्रदानका कामहरूसमेत यो दुई वर्षमा भएको बताए । उनले रक्षामन्त्रालयले ऐतिहासिक गढी, किल्लाको संरक्षण गर्ने काममा देशभरी संरक्षणको काम शुरु गरिएको जानकारी दिए । सेनाले विभिन्न उद्धार तथा राहतका कार्यक्रममा निरन्तर काम गरिएको भन्दै मन्त्री पोखरेलले सेनाले नेपालको खेल क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको बताए।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update